काठमाडौँ– गृहमन्त्री रमेश लेखकले उपनिर्वाचन केन्द्रित सुरक्षा प्रबन्ध मजबुद गर्न आवश्यक निर्देशन दिइसकेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लेखकले निर्वाचन आयोगसंग समन्वय गरेर सुरक्षाको आवश्यक प्रबन्ध गर्न निर्देशन दिइसकेको बताएका हुन् । उनले निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन गर्न सरकार तयार रहेको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


उपनिर्वाचन अघि केहि स्थानमा कर्मचारी सरुवा भएको बिषयमा संघीय मामिला मन्त्रीसंग कुरा भइरहेको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा भएको छलफलका क्रममा मन्त्री लेखकले कानुन निर्माणका विधेयक दर्तादेखि पास गर्नेसम्मका सबै चरणहरूलाई समय तोकेर अगाडी बढाउनुपर्ने उनको भनाई छ ।

बैठकमा सांसदहरुले अख्तियारलाई निष्पक्ष रुपमा अघि बढाउनका लागि विधेयकमा आवश्यक परिमार्जन गरि अघि बढाउनुपर्नेमा जोड दिएका थिए । सांसद विश्वप्रकाश शर्माले अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरु खुल्ला प्रतिष्पर्धाबाट जान सक्ने विधि अवलम्वन गर्नुपर्ने जनाए ।

त्यस्तै उनले भ्रष्टाचार विधेयकमाथि समितिमा छलफल भइरहदा राज्यमन्त्रीको कम्पनी कालोसूचीमा परेको र उपनिर्वाचन हुने तहमा कर्मचारी सरुवा लगाएतका प्रकरण देखिएको भन्दै स्पष्ट पार्नुपर्ने धारणा राखे ।

त्यस्तै सांसद रघुजी पन्तले विधेयकमा आएका संशोधनलाई समावेश गर्न नसके सरकारले नै विधेयक परिमार्जन वा अन्य उचित प्रवन्धन गरेर समेट्न सक्ने गरि अघि बढ्नुपर्ने धारणा राखे ।

बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले उठाएका बिषयमा ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङले आफु जनताको प्रतिनिधि भएसंगै आफ्नो काम र जिम्मेवारी अरुलाई हस्तान्तरण गरेको बताउनुभयो । अहिलेको अवस्थामा आफु कानूनबमोजिम कसुरदेखिए राजनीतिबाट बाहिर निस्कने उनको भनाइ छ ।

यसैबीच समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति हुन नसकेका बिषयहरुमा समाधान खोज्ने र सुझावहरुलाई समेट्ने जिम्मेवारी उपसमितिलाई दिएको छ ।