काठमाडौँ– काठमाडौँ महानगरको कार्यमा अवरोध पुर्याउन खोज्ने अभियन्ता सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार अतिक्रमण संरचनामाथि डोजर चलाउन पुगेको नगर प्रहरी टोलीले संरचना हटाउने क्रममा अभियन्ता सायमीले चलिरहेको डोजर अगाडी सुतेका थिए । डोजर अगाडि सुतेपछि प्रहरी टोलीले उनलाई उठाएर गौशाला प्रहरी वृतमा पुर्याएको हो ।
सुरुमा थोरै भत्काउने भनिए पछि सिंगै घरमा डोजर चलाइएको भन्दै सायमीले आपत्ति जनाएका थिए । सायमीसँगै उनलाई साथ दिन खोजेका अर्का एक युवकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अतिक्रमित संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेपनि महानगरले डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलले जनाएको छ ।



























































