काठमाठौँ – आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकोले भन्दै नेपाल टेलिकम सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागले टेलिकमलाई सम्मान पत्र प्रदान गरिएको हो ।


ADVERTISEMENT


शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल टेलिकमलाई उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानित गरे । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सो सम्मान ग्रहण गरेकी हुन् ।


ADVERTISEMENT

# # #


आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई सम्मानित पनि गर्दै आएको छ । सो अवसरमा नेपाल टेलिकम सहित सबैभन्दा धेरै कर तिर्ने अन्य व्यक्ति र संस्थालाई सम्मानित गरिएको थियो।