ग्रामीण क्षेत्रको वित्तीय पहुँचलाई वृद्धि गर्दै स्थानीयको आर्थिक क्रियाकलापलाई चलामान बनाउने उद्देश्यका साथ १७ वर्षअघि स्थापना भएको थियो गरिमा विकास बैँक । ग्रामीण क्षेत्रमा मात्रै सीमित नभई सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाएको गरिमा अहिले सेवा प्रवाहमा समेत नमूना नै बन्दै आएको छ । आफ्नो १७ वर्षको गरिमामय यात्रालाई सानदार ढंगले अघि बढाउँदै गरिमा विकास बैँक मंसिर ७ (शुक्रबार)देखि १८औँ वर्षमा प्रवेश गर्दैछ । यही अवसरमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव आचार्यसँग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


लामो समयदेखि नेतृत्वकारी भूमिकामा र अहिले प्रमुख प्रशासकीय अधिकृत (सीईओ)को रुपमा कार्यरत हुनुहुन्छ । यो यात्रालाई कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


गरिमा विकास बैंक १७ औंँ वसन्त पार गरी १८औं वर्षमा प्रवेश गर्दैगर्दाको सन्दर्भमा विगतको १७ वर्षको सेवा अवलोकन गर्दा गरिमा २०६४ सालमा स्याङ्जाको वालिङमा स्थापना भएर सञ्चालनमा आएको विकास बैंक हो । त्यतिबेला गरिमाको स्याङ्जा, पाल्पा र कास्की गरेर ३ जिल्लालाई कार्यक्षेत्र बनाइएको थियो । त्यसपछि २०६८ सालमा १/२ जिल्लाबाट १० जिल्ला कार्यक्षेत्रको स्वीकृति प्राप्त गरेको थियो । यसैगरी हामीले २०७२ सालमा म्याग्दीको बेनीमा रहेको नागरिक विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।

त्यस्तै २०७३ सालमा चितवनको सुरक्षा विकास बैंकलाई गरिमामा गाभेपछि पोखराबाट काठमाडौँमा केन्द्रीय कार्यालय स्थानन्तरण गर्यौं । यसैगरी भर्खरै करिब साढे २ वर्षअगाडि हामीले सर्लाही जिल्लाको सहारा विकास बैंकलाई पनि गरिमामा गाभेका छौँ । हामीले स्थापनाको सुरुवातदेखि ‘हिमालदेखि तराईसम्म र गाउँदेखि शहरसम्म’ भन्ने नाराका साथ यो सेवा प्रारम्भ गरेका थियौँ । किनकी गरिमा विकास बैंक शहरमा खुलेर गाउँमा विस्तारित भएको बैंक होइन । यो ग्रामीण क्षेत्रमा स्थापना भएर ग्रामीण क्षेत्रमै भएका अन्य बैंकहरुलाई गाभेर सहरी क्षेत्रमा प्रवशे गरेको बैंक हो ।

यसै सिलसिलामा हालसम्म आइपुग्दा गरिमा विकास बैंकसंग वित्तीय सेवा लिने करिब ८ लाखभन्दा बढी सेवाग्राहीहरु संलग्न हुनुहुन्छ । यसैगरी आजका दिनमा गरिमाका देशभर ३७ वटा जिल्लाहरुमा १२३ वटा शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरसहित सेवा प्रवाह गरेका छौँ । देशका सम्पूर्ण महानगर तथा उपमहानगपालिकाका धेरै क्षेत्रमा हाम्रा शाखा कार्यालयहरु विस्तारित भएका छन् । यी शाखा कार्यालयहरुलाई व्यवस्थित रपमा सञ्चालन गर्नका लागि गरिमाको केन्द्रीय कार्यालयमा एउटा बलियो संरचना छँदैछ । यसबाहेक हामीले देशभरी १० वटा स्थानहरुमा क्षेत्रीय कार्यालयको रुपमा कार्यालयहरु स्थापना गरेर त्यसमार्फत व्यवसायिक तथा प्रशासनिक गतिविधिहरुलाई थप मजबुत र बलियो बनाउँदै अगाडि बढिरहेका छौँ ।

यति लामो यात्रामा जुन किसिमले गरिमा विकास बैँकले वित्तीय सेवा पुर्याउँदै आएको छ, भावी दिनमा त्यो भन्दा उत्कृष्ट सेवा प्रवाह गर्नेबारे कसरी योजना बनाइरहनु भएको छ ?

सामान्यतयाः नेपालमा वाणिज्य बैंक तथा विकास बैंकहरुको सेवा प्रवाह गर्ने क्षेत्र करिब–करिब उस्तै नै छ । यी दुईबीच त्यति धेरै भिन्नता भएको देखिदैँन । यद्यपि विकास बैंकहरुका एलसीफोले र कतिपय संस्थाले बैंक ग्यारेन्टलाई स्वीकार गर्नेजस्ता कुराहरु पायक अवस्था छैन । त्योबाहेक हामी विकास बैंकले वाणिज्य बैंकहरुले प्रवाह गर्ने सेवाहरु विकास बैंकले पनि प्रवाह गरिरहेका छन् ।

अर्काेतिर आजभन्दा करिब ५–७ वर्षअगाडिका वाणिज्य बैंकहरुको स्थितिमा अहिलेका विकास बैंकहरु त्यो स्तरको सक्षमता र त्यो स्तरको सबलताको स्तरमा पुगेका छन् । त्यसकारण नेपालमा बकिङ व्यवसायीका सन्दर्भमा वाणिज्य बैंकहरुले जसरी काम गरिरहेका छन् । विकास बैंकहरुले पनि त्यही क्षमता र सबलताका साथ काम गरिरहेको भन्ने लाग्छ ।

अझ, त्यसमाथि हेर्ने हो भने, जतिबेला देशमा तत्कालीन अप्ठ्याराका बीच बैंकहरु सहरी क्षेत्रमा केन्द्रित थिए । त्यतिबेला नेपाल राष्ट्र बैंकले विकास बैंकहरु एक जिल्ला, एक–तीन जिल्ला र १० जिल्ला र राष्ट्रिय स्तर गरी ४ वटा क्याटेगोरीमा विकास बैंकको स्थापना गरेर सञ्चालन गर्नसक्ने व्यवस्था थियो । त्यसैबखत नेपालमा यति धेरै विकास बैंकहरु खुले, जसकारण विकास बैंकको संख्या करिब ७९ पुगेको थियो । अहिले मर्जर हुँदै यो १७ वटाको संख्यामा झरेको छ । त्यो कठिन समयमा विकास बैंकहरुले ग्रामीण क्षेत्र, स्थानीयस्तर र दूरदराजका स्थानमा बसेर कठिन अवस्थामा पनि जनतालाई वित्तीय सेवा प्रवाह गरिरहेका थिए भने अहिले त धेरै सहज स्थितिमा आइपुगेको छ । देशमा व्यवसायिक वातावरण निर्माण हुने कुरा अझ बाँकी छन् । जस्तो हामी राजनितिक सन्दर्भमा स्थीर भएपनि सरकारको नीति तथा संयन्त्रहरु स्थीर रुपमा सञ्चालन नभएका कारण व्यवसायीहरु अझैँ उत्साहित भएको देखिँदैन । यही आर्थिक वर्षको कुरा गर्ने हो भने पनि मौद्रिक नीति आउँदाको बखत जुन किसिमको सहजता बजारमा देखिन्थ्यो, आजसम्म आइपुग्दा त्यही सहजता त्यतिबेलाको जस्तो उत्साह उमंग अहिले देखिदैँन ।

यद्यपि हामीले समाजमा वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकासको निम्ति स्थनीय निकायहरुसंग स्थनीय क्षेत्रका उद्योग व्यापार संघहरु, स्थानीय व्यपार समितिहरुजस्ता विभिन्न निकायहरुसंग एकाकार भएर उहाँहरुसंग मिलेर हामीले उद्यमशीलता विकाससंग सम्बन्धित गतिविधिहरु सञ्चालन गर्ने, भइरहेका व्यवसायहरुलाई स्थीर बनाउन वातावरण निर्माणको प्रयत्न गर्नुपर्छ भन्ने अभिप्रयाले सोही अनुरुप कार्यहरु गरिरहेका छौँ ।

त्यसैगरी, नेपालको सन्दर्भमा हामी यहाँ धेरै कुराहरु राजनितिक वातावरण छैन र वयावसायिक वातावरण छैन भन्ने भाष्यले हामीलाई गाँजेको छ । तर, नेपालको सन्दर्भमा हेर्ने हो भने करिब विश्वको ९ प्रतिशत भू–भागमा सार्क र चीनसमेतको जनसंख्यालाई जोड्ने हो भने ४० प्रतिशतभन्दा बढी विश्वको जनसंख्या यो सार्क र चीनमा बसोबास गरेको छ । यसर्थमा विश्वको ४० प्रतिशतभन्दा बढी जनसंख्यामा हाम्रो भु–भाग वरिपरि बसेको छ । जसको बीचमा नेपाल वातावरणीय र पर्यावरणीय दृष्टिकोणबाट अत्यन्त उच्चस्तरको स्थिति रहेको देखिन्छ ।

यहाँ हामीले व्यवसायिक रुपमा के उत्पादन गरेर, के बेच्ने भन्ने कुराहरुमा नेपाली व्यवसायीहरुको ध्यानाकर्षण हुन जरुरी छ । सरकार स्थानीय निकायहरु र उद्योग व्यवसायमा लागेको सम्पूर्ण व्यवसायीहरुले पनि कृषि क्षेत्रमा आयात गरेका छौँ । यस्तै माछामासुदेखि लत्ताकपडाहरु समेत आयातित छ भने हामीले आयातलाई घटाउनका लागि नेपाल सरकारका विभिन्न तहहरु, संघीय, केन्द्रिय तथा स्थानीय निकाय लगायता व्यवसायीका लागि वातावरण निर्माण गर्ने सम्पूर्ण पक्ष एवम् सिंगो नेपाली नागरिक सञ्चारहरु यी सबै लाग्ने हो भने हामीले यहाँ धेरै कुरा गर्न सकिन्छ, व्यवसायका प्रचुर सम्भावनाहरु छन् भन्ने सन्देश निर्माण गर्न जरुरी छ । हामी यदि समग्रमा देशभित्र व्यवसायिक वतातावरण निर्माण भयो भने सम्रग विकास बैंकहरुमा विकासको हिस्सा करिब १० प्रतिशत छ र विकास बैंकहरुमा गरिमाको हिस्सा करिब १०–१२ प्रतिशत मात्रै छ । यसर्थमा गरिमा समग्र बैंकहरुमा हाम्रो हिस्सा करिब १ प्रतिशत हाराहारीमा मात्रै छ ।

यसकारण जब समग्रमा वातावरण निर्माण भएर बैंकिंग प्रणालीहरुको ९९ प्रतिशत ठिकठाक छ भन्दा गरिमा विकास बैंकको १ प्रतिशत यसै ठिकठाक हुन्छ । यसर्थ यसमा एकाकार भएर काम गर्ने हाम्रो योजना एवम् लक्ष्य छ र सोही अनुरुप हामीले काम पनि गरिरहेका छौँ । हाम्रो पहुँच भएका स्थानीय निकायहरु तथा उद्योग वाणिज्य संघहरुसंग मिलेर हामीले उद्योग संसारका कामहरु पनि गरिरहेका छोँ ।

नेपाल सरकार र नियमनकारी निकाय राष्ट्र बैंकले पनि कृषिगत रुपमा कस्तो किसिमको सहयोग गरेको खण्डमा अझ राम्ररी अगाडी बढ्न सकिन्छ भन्ने लाग्छ ?

मेरो विचारमा अधिकांश व्यवसायीको हामीले सरकारले ल्याउने वित्तीय नितिभन्दा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नितिले धेरै सहज बनाउँछ भन्ने बुझाई रहेको पाइन्छ । मेरो दृष्टिकोणमा सरकारले चाहीँ धेरै कामहरु गर्नुपर्छजस्तो लाग्छ । जस्तो कृषि क्षेत्रमा हाम्रो फलफूल, तरकारी, चामल, दाल तथा तेलहरुजस्ता चिजहरुको आयातलाई घटाउन सक्दा अर्बाैंको आयात घट्न पुगी त्यसले नेपालमा आन्तरिक रोजगारीको सिर्जना गर्छ । यसो गर्दा कम्तिमा देशभित्रै रहेको चीज यहाँकै नागरिकले उपभोग गर्ने स्थिति सिर्जना हुन्छ ।

यसका निम्ति अन्य देशहरुमा कृषिलाई जुन किसिमको महत्व दिइएको छ, जुन किसिमको अनुदानका व्यवस्था, प्राविधिक सहयोगहरुका कुराहरु छन्, समयमा मल तथा सिँचाईका व्यवस्थाहरु छन् । यी पक्षहरुलाई ध्यानमा राख्ने हो भने हामीले एकातिर रोजगारी छैन भनेर देशको ठूलो हिस्सा विदेश पलायन भएको अवस्था छ भने अर्कातिर बाँझो रहेका खेतबारीमा काम गर्ने जनशक्तिको अभाव पनि रहेको देखिन्छ । कृषि क्षेत्रमा आयत गरेर हामीले दैनिक गुजारा चलाउदैँ आएका छौँ । त्यसैले यो असन्तुलन वित्तीय नितिले गर्नुपर्छ भन्ने लाग्छ । यसका लागि देशका सबै तीनै तहका सरकारहरुले दिगो रुपका योजना बनाउनुपर्छ ।

यस्तै मनिसहरुलाई यही काम गर्दा पनि हुन्छ भन्ने किसिमको वातावरण बनाउनुपर्छ भन्ने लाग्छ । मैले धेरैपटक भन्दै आएको छु, हामीले उत्पादनसंग सम्बन्धित पक्षहरुको आयात घटाउने मात्रै कुरा हामीले गरिराखेका छौँ । तर, नेपाली समाजमा गत ३ वर्षमा मात्रै २०-३० लाख युवाहरु विदेशिए भन्ने रेकर्ड पाइन्छ भने अर्कातिर नेपालमा आएर भारत तथा बंगलादेशका नागरिकहरुले रंगरोगन गर्ने, बिजुलीका काम गर्नेजस्ता हेर्दा साधारण लाग्ने तर आर्थिक रुपमा महत्वपूर्ण रहेका संरचनागत कार्यसंगै कपाल काट्नेदेखि फोहोरमैला उठाउने कार्यहरु समेत गरिरहेको पाइन्छ ।

त्यो कामहरु यदि नेपालीहरुले काम गर्नुपर्छ भन्ने भावका साथ काम गर्ने हो र विकास गर्ने हो भने हामी बाहिर पठाउने पैसा यही बस्छ र यही उत्पादन हुन्छन् भन्ने कुरातिर हामी नेपाली समाजमा कर्पाेरेट कल्चर निर्माण गरेर सामूहिक रुपमा काम गर्ने प्रवृत्तिको विकास जनस्तरमा पनि हामीले गर्नुपर्छ । व्यक्तिगत रुपमा व्यवसायी गर्नेभन्दा पनि कम्पनीको रुपमा सामुदायिक व्यवसाय गर्नेहरुमा दीगोपन स्वतः उत्पन्न भएर जान्छ । व्यतिगत रुपमा काम गर्नेको हकले सो व्यक्तिले काम छोडेको खण्डमा परियोजना नै असफल हुन जान्छ । जब त्यही कुरा हामी सामुदायिक रुपमा वा कम्पनीको रुपमा गर्छाैं त्यसमा एकजना व्यक्ति असफल भए पनि त्यसको सञ्चालन विधिले गर्छ । अर्काे लगानीकर्ता र व्यवसायीमा त्यसमा सिर्जना हुन्छ र त्यो निरन्तर रुपमा अघि बढ्छ ।

यस्तो प्रक्रिया र वातावरण निर्माण गर्ने कार्य विभिन्न तहका सरकारहरु र जनस्तरले पनि यसलाई बुझेको खण्डमा यही काम गर्न सकियो भने पुस्तौँपुस्तालाई पुग्ने कार्यहरु यहीँ नै उत्पादन हुन्छन् । जसमा वित्तीय नीतिको अहम् भूमिका रहन्छ । त्योभन्दा पनि ठूलो भनेको नागरिक समाजले समेत यो कुरालाई महसुस गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

यो बेलामा बैंक तथा वित्तीय संस्थामाथि एक किसिमको प्रहार पनि भइरहेको छ । अर्काेतिर बैंकहरुको खराब कर्जाहरु पनि हुन्छन् नै । त्यसलाई कसरी सामना गरिरहनु भएको छ ?

बैकिंग क्षेत्रमा आजभन्दा ५–६ महिना पहिले जुन किसिमको समस्या घट्दै गएको पाइन्छ । यद्यपि बैंकमाथि दबाब नभएको भने पक्कै होइन । कतिपय ठाउँमा स्थानीय निकायका जिम्मेवार पदाधिकारीहरुले विकास बैंकले कर्जा नउठेका कारण धितो लिलाम गर्दा आर्थिक सिफारिस दिन ढिलो गर्ने या नदिनेसम्मका समस्याहरु पनि भोगेका छौँ । यसका बाबजुद विस्तारै यसमा समाधान आएको छ । जनस्तरमा पैसा तिर्नपर्छ भन्ने भाव जागृत भएको छ । जहाँ–जहाँ यी समस्याहरु देखिएका छन्, मेरो विचारमा ती सम्पूर्ण यदि कर्जा उपभोग गरेको ऋणीले कर्जा चुक्ता नगरकेो खण्डमा निक्षेपकर्ताको निक्षेप फिर्ता गर्न बैंक र संस्थाहरु सक्षम नहुन सक्छन् । यस्तो अवस्थामा एउटा ठूलो अराजकताको स्थिति निर्माण हुन्छ । जसको समस्या समाधान गर्न सरकार समेत असक्षम रहन्छन् । तसर्थ सम्पूर्ण क्षेत्र र निकायहरुले देशभित्र जति पनि व्यवस्था निर्माण भएका छन्, ती व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।

हाम्रो सन्दर्भमा हामीले त्यति मात्रामा यस्ता समस्याको सामना गरेका छैनौँ । हामीसंग कर्जा चुक्ता नगर्ने परिस्थिति छैन । व्यवसायको आकारमा परिवर्तन हुँदा नेपालमा ठूलो संख्यामा मान्छेहरु बाहिरिँदा देशभित्रको उपभोग गर्ने प्रवृत्ति नै परिवर्तन आएको छ । जसकारण व्यापार खस्किनु, आर्थिक स्रोत घट्नु स्वभाविक पनि हो । उदाहरणका लागि युक्रेन र रसियाको युद्धका कारण पनि आपूर्तिमा परिवर्तन आएको छ । यस्तै केही एशियाली राष्ट्रहरुमा पनि द्वन्द्वको अवस्गा आउनु, कोभिडको आर्थिक नरात्कमक प्रभाव पछिल्ला वर्षहरुमा बल देखिनाले पनि यस्ता समस्या आएका हुन् । विस्तारै यस्ता समसयाहरुको समाधान हुँदै जाने संकेत पनि छन् । किनकी हामी जुन स्थितिमा आज हामी आइपुगेका छौँ, त्योभन्दा पछाडि आर्थिक गतिविधि गर्नैपर्छ।

मनिसहरु उत्पादन क्षेत्रमा लाग्नैपर्छ । त्यो नहुँदा जुनसुकै पक्षमा उत्पादन क्षेत्रमा लाग्ने र निर्यात गर्ने स्थिति सिर्जना गर्नुपर्छ । राज्यले पनि उत्पादन भन्दा उपभोग गर्ने व्यवस्थालाई उल्ट्याउनुपर्छ । यसमा साउथका एसियन राष्ट्र र त्यसमा पनि चीनलाई हेर्ने हो भने त्यत्रो जनसंख्या भएका देशमा हामीले उत्पादन गरेर बिक्री गर्ने चीजहरु के हुन् ? भन्ने आयाम हामीले खोज्नुपर्छ । यसका साथै वैदेशिक मुद्रा कमाउन आजका दिनमा रेमिटयन्स र पर्यटन देखिन्छ । रेमिटयन्स पर्याप्त मात्रामा आएको छ । तर, युवाहरुको पसिनाबाट आएको सो रकम स्थायी रुपमा यहाँ उत्पादनमा लगानी गर्न सक्यौँ भने त्यो भन्दा बढी रकम उत्पादनशील क्षेत्रमा काम गरेर विदेशमा सेवा र वस्तु बिक्री गर्न सकेमा प्राप्त गर्छौं । जसले दीर्घकालीन रुपमा राज्य, समाज र परिवार सबैलाई व्यवस्थित बनाउँछ ।

जहाँसम्म आउने दिनमा के होला भन्ने सन्दर्भमा हामी जति कुराहरु बिग्रियो भनेका छौँ ती सबैमा सुधार आउने भरोसा चाहीँ छ । किनकी विदेशिएका पनि फर्किने अवस्था हुनसक्छ र देशमै सरकारी क्षेत्रबाट आएका नवीनतम् कुराले केही आर्थिक गतिविधिहरु सुध्रिन्छ भन्ने अपेक्षा राख्न सकिन्छ । मौद्रिक नीति आउँदा व्यक्तिहरुमा एक किसिमको उत्साह थियो र त्यो अझैँ बेलाबखत समीक्षा हुँदै जान्छ र सरकारी निकायबाट पनि परिवर्तन होला भन्ने लाग्छ । यसरी नै अगाडि बढ्न सक्छौँ । तत्कालको स्थिति र प्रणालीबाट आएका परिवर्तनले मानिसहरुमा आर्थिक रुपमा एक किसिमको दबाब त छ नै । यो कुरा विकास बैंककै सन्दर्भमा पनि कर्जा असुलहरु ऋधिकांश धितोमा आधिारित भएको हुँदा समय अघिपछि हुनसक्छ । तर, कालान्तारमा गरिमाको हकमा त्यति धेरै अप्ठ्यारो स्थितिमा पुगेका छैनौँ, समाधानको अवस्थामा छ र त्यसैरुपमा अगाडि बढिरहेका छौँ ।

लामो समय बैकिंग क्षेत्रमा अब्बल संस्थाको रुपमा अगाडि बढिरहनु भएको छ । एक सीईओको रुपमा यहाँको देख्नुभएको अर्जुन दृष्टि चाहीँ के हो त ?

म गरिमाको स्थापना समयदेखि नै यसमा संलग्न भएर काम गरेको छु । म प्रारम्भदेखि नै यहाँको कर्मचारीको रुपमा कार्य गरेको छु । म करिब ११ वर्षजति नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी बहन गरेर गएको वैशाख १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएको छु ।

यसक्रममा म गरिमाका संस्थापक कार्यकारी प्रमुख जितमान श्रेष्ठ र लामो समय प्रमुख कार्यकारीको रुपमा जिम्मेवारी बहन गर्नुभएको पूर्व प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाललाई सम्झिन चाहन्छु । उहाँहरुले गरिमालाई ल्याउनुभएको स्थानलाई सम्हाल्ने मौका मैले पाएको छु । उहाँहरुप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आगामी अर्जुनदृष्टिको सन्दर्भमा सबैभन्दा पहिले हामी विकास बैँक भएका नाताले हामीले मध्यम र निम्न वर्गीयको ठूलो हिस्सा (करिब ८ लाख) आबद्व हुनुहुन्छ । हामीले यी वर्गलाई बढी फोकस गरेर कार्य गरेका छौँ । साथै सेवाग्राहीहरुलाई अब्बल किसिमको सेवा प्रवाह गर्नु हाम्रो अर्जुनदृष्टि हो । यसका निम्ति जब कर्मचारीहरु सन्तुष्टि र उत्प्रेरित हुनुहुन्छ, उहाँहरुमा काम गरौँ भन्ने भाव जागृत हुन्छ, तब उहाँहरु सेवाग्राहीहरुलाई सरल र सहज किसिमको सेवा प्रवाह गर्नुहुन्छ ।

यसकारण कर्मचारीको हित र उहाँहरुको मनोबललाई उच्च राख्न, र उहाँहरुको कौशालता निखार्न प्रयत्न गर्ने, अब्बल कर्मचारी मार्फत सोही सेवा प्रवाह गरी सेवाग्राही सन्तुष्टि बनाउने भन्ने अर्जुनदृष्टिका हो । जसको परिणामस्वरुप सेयर धनीहरुलाई लाभांश पनि त्यहीबाट आर्जन हुनुका साथै अब्बल सेवा मार्फत नेपाल राष्ट्र बैंकका नियमनकारीहरु सन्तुष्ट हुने अवस्ता उत्पन्न हुन्छ । विकास बैंकभित्र सेवाको स्तर वृद्धि भएपछि ग्राहकको पनि वृद्धि हुन्छ । त्यसको आकारबाट बैंकको नाफा, लाभांश, कर्मचारीहरुको मनोबलहरुमा वृद्धि हुन्छ । यो एउटा इको–सिस्टमजस्तो रहेको छ । त्यसपछि विभिन्न माध्यमबाट बैंकले समाजलाई हित हुने काम पनि गर्छ ।

मिडियासंगको समन्वयतामा बैंकका गतिविधिलाई समाजसम्म पुर्याउने तथा कतिपय सिर्जित भएका नराम्रा धारणाहरुलाई समेत मेटाउन सकिन्छ । यसलाई निस्कर्षमा भन्दा अर्जुनदृष्टि भनेको गरिमा विकास बैंक ‘बेस्ट फाइनान्सियल कम्पनी’का रुपमा समाजमा ‘रेटिंङ’ हुने गरी काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छौँ ।

यसअघिका सीईओ गोविन्द ढकालले गरिमालाई वाणिज्य बैंक बनाउने भन्ने राय राख्नुभएको थियो । उहाँको त्यो महत्वकांक्षा गरिमामा अहिले पनि कायम छ कि छैन ?

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका लागि बनाउने व्यवस्थामा विकास बैंक स्तरोन्नति हुनसक्ने वा नसक्ने भन्ने सन्दर्भमा राष्ट्र बैंकको नीतिगत व्यवस्थामा बढी केन्द्रित रहन्छ । हामी वािणज्य बैंक बन्छौँ या बन्दैनौँ या राष्ट्र बैंकको तर्फबाट त्यो कुरा सम्भव रहन्छ वा रहदैँन भन्ने कुरा दोस्रो पाटो हो । यदि विकास बैंक वाणिज्य बैंकमा रुपान्तरण हुने अवस्था आएको खण्डमा हामी त्यसको लागि हामीलाई तयार हुन्छौँ र गरिरहेका छौँ । जहाँसम्म आजको कुरा छ, हामी विकास बैंकको रुपमा अब्बल सेवा प्रवाह गर्नु र अब्बल संस्था बनाउनु प्रमुख उद्देश्य हो ।

वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख अधिकृततको तर्फबाट सन्देश के दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिलो हामी १७ औं वर्ष पूरा गरे हामी १८ औं वर्षमा प्रवेश गर्दैछौँ । नेपालमा धेरै ठाउँमा सुन्दै आएका छौँ रगत अभावबारे । त्यसैले हामीले विगतमा पनि रक्तदानलाई पहिलो प्राथमिकतामा राखेका छौँ । सोही किसिमले यसपटक पनि १८ औं वर्षमा प्रवेश गर्दै गर्दा हामीले देशभर विभिन्न स्थानमा रक्तदान कार्यक्मको आयेजना गर्दैछौ । जसमा केन्द्रिय कार्यालय लाजिम्पाटलगायत पोखरा, नारायणगढ, वीरगञ्ज, इटहरी लगायत ७ औं स्थानमा रक्तदान कार्यक्रम गर्दैछौ । यो १८ औं वार्षिकोत्सव भएकाले साता स्थानबाटै रक्तदान कार्यक्रमबाहेक अन्य ११ वटा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु पनि विभिन्न स्थानमा आयोजना गरेका छौँ ।

त्यसबाहेक गरिमा विकास बैंकले पहिलो पटक गरिमाको ब्राण्डको रुपमा मंसिर ८ गते बिहान ७ बजे ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ को पनि आयोजना गर्न लागेका छौँ । जुन केन्द्रीय कार्यालयबाट सुरु भएर कर्पोरेट सेक्टरका लागि नारायण गोपाल चोकसम्म (५ किलोमिटर) र खुल्ला प्रतिस्पर्धीहरुको निम्ति गणेश चोकसम्म (१० किमी) प्रतिस्पर्धा राखेका छौँ । यसमा हामीले करिब ६०० जना भन्दा बढी सहभागी हुने अपेक्षा राखेका छौँ । यसका लागि तयारी पनि पूरा भएको छ । जसमा नेपालको प्रतिष्ठित धावक तथा प्रतिष्ठित व्यक्तित्व बैकुण्ठ मानन्धर प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

यसमार्फत हामीले गरिमालाई नेपालको वित्तिय बजारमा एक सामाजिक र खेलकुदको क्षेत्रमा पनि योगदान गर्ने बैंकको रुपमा स्थापित गर्ने संस्थाको रुपमा अगाडी लैजान चाहेका छौँ । यस्तै, साफ वुमन्स फुटबल प्रतियोगितामा बंगलादेशबीच भएको फाइनल खेलमा नेपालले हानेको प्रत्येक गोलमा एक लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका थियौँ । सोही अनुरुप नेपाली महिला खेलकुदप्रति हाम्रो सम्मान, लगाव र उहाँहरुको मनोबल बढाउने उद्देश्यले घोषण गरेको पुरस्कार पनि सोही समारोहमा वितरण गर्ने योजना बनाएका छौँ ।

अन्त्यमा, गरिमा विकास बैंक आजको दिनमा सम्पूर्ण दृष्टिकोणबाट यहाँ आबद्ध हुनुभएका सम्पुर्ण सेवाग्राहीहरु खासगरि निक्षेपकर्ताहरु, बैंकको प्रमुख उद्देश्य निक्षेपकर्ताको निक्षेपलाई सुरक्षित राख्नु बेंकको प्रमुख कर्तव्य हो। त्यही अनुसार हामीले काम गरिरहेका छौँ । गरिमा निक्षेपकर्ताहरुका लागि सुरक्षित र भरपर्दो वित्तीय संस्था हो भन्ने सन्देश दिन चाहन्छु । यहाँहरुले निर्धक्क गरिमा विकास बैंकसंग आफ्नो वित्तीय कारोबार गर्नुहुन अपिल गर्न चाहन्छु । त्यसैगरी आजको दिनमा विकास बैंकहरुमा गरिमाको ब्याज दर सबैभन्दा तल छ । तसर्थ कर्जाको सुविधा उपभोग गर्न चाहनुहुने सेवाग्राही महानुभावहरुमा पनि विकास बैंकहरु गरिमा भरपर्दो माध्यम हो भन्न चाहन्छु ।

यसैगरी सेवा प्रवाहको हिसाबले गरिमा एउटा निरन्तर रुपमा सेवाग्राहीलाई उच्च सेवा दिन प्रत्यत्नशील संस्था हो । हामी ‘पर्फेक्ट’ छौँ भन्दिनँ । तर, हामीले यसका लागि कुनै कसर पनि बाँकी राखेका छैनौँ भन्ने हामीलाई लाग्छ । यदि कुनै कमीकमजोरी भएमा हामी समयमै समाधान गरी अघि बढिरहेका छौँ । अगामी दिनमा पनि हामी सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा दिनेछौँ । तसर्थ सम्पूर्णलाई निर्धक्क भएर गरिमा विकास बैंकसंग आफ्नो वित्तीय कारोबार गर्न र कारोबार नगर्नुभएका सबैलाई गरिमालाई आफ्नो सझेदार वित्तीय संस्था बनाई गरिमामा कारोबार गर्नुहुन अनुरोध गर्न चाहन्छु ।

यस्तै गरिमालाई यो ठाउँसम्म ल्याई पुर्याउन प्रयत्न गर्नुहुने गरिमाका सम्पुर्ण शेयरधनी महानुभाव, संस्थापकहरु, कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यसैगरी गरिमालाई यो ठाउँसम्म ल्याई पुर्याउन सहयोग गर्ने पत्रकार, नियमनकारी निकायहरु सबैप्रति आभार गर्न चाहन्छु । गरिमालाई हरेक हिसाबले उपयुक्त समयमा उपयुक्त नीति निर्धारण गरेर व्यवस्थापनलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाइदिने गरिमाका सञ्चालक समितिप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

साथै समस्त नागरिक समाजलाई गरिमाप्रति आजसम्म राख्नुभएको सहयोग र सद्भाव आगामी दिनमा निरन्तर राख्नुहुन अनुरोध गर्न चाहन्छु । साथै १८ वर्षको यो किशोरावस्थामा भएका कमीकमजोरीलाई परिस्कृत र परिमार्जन गर्दै अघि बढ्नेछौँ भन्ने प्रतिबद्वता समेत गर्न चाहन्छु ।