काठमाडौँ– सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएका छन् ।


ADVERTISEMENT


प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको होटल जन्मभूमिको एउटै कोठमा झुण्डिएको अवस्थामा युवा–युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।


ADVERTISEMENT

# # #


मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५(२६ वर्ष उमेरका रमेश माझी हुन् भने त्यस्तै उमेरकी युवतीको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।

उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए । के–कसो कारणले घटना भएको हो भन्ने बारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।