काठमाडौँ – जस्मिन पेन्ट्सले कम्पनीको ब्राण्ड एम्बेस्डरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्कालाई नियुक्त गरेको छ । बिगत ३१ वर्षदेखि “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगनका साथ नेपाल रंगाउँदै आएको पेन्ट्सले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका पारसलाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।


ADVERTISEMENT


ब्राण्ड एम्बेस्डरमा पारसको आवद्धतासँगै स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि सहयोग पुग्नुका साथै नेपाली खेल क्षेत्रलाई समेत प्रोत्साहन मिल्ने कम्पनीले जनाएको छ । ‘नेपाली खेल क्षेत्रको विकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ उहाँ संग सहकार्यकालागि हातहरु अगाडी बढाएका छौं’ कम्पनीले भनेको छ, ‘उहाँ संग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ(साथै हाम्रा उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेका छौं ।’


ADVERTISEMENT

# # #


पारससँगको सहकार्यले कम्पनीका उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुने समेत विश्वास व्यक्त गरेको छ । जस्मिन पेन्ट्स नेपाली पेन्ट्स कम्पनीहरु मध्येकै नम्बर १ पेन्ट्सको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।