काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डीआईजी दानबहादुर कार्कीको रचनामा दशैँ–तिहार गीत सार्वजनिक भएको छ । ‘सीता र जगतको बिछोड, श्रृष्टि र सीताको रूवाबासी’ बोलको गीत समीर खरेलको स्वरमा सार्वजनिक भएको हो । उनलाई मनिष राई र दीपा तामाङले साथ दिएका छन् ।


ADVERTISEMENT


परदेशिएको युवाले दशैँतिहारमा घर, फर्किन नपाएको व्यथा समावेश गरिएको गीतमा सनिशा बजगाईं, बालकृष्ण ओली, सुवास सुवेदी, समिया कार्की लगायतको अभिनय रहेको छ । यस्तै संगीत समीर खरेलको रहेको छ भने गीतको छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् ।


ADVERTISEMENT

# # #


हेर्नुस् यस्तो छ गीत :