काठमाडौँ – यही शनिबार (मंसिर १५)देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि त्रिवि क्रिकेट मैदानको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नै आयोजनामा एनपीएलको सुरु गर्दैछ ।
त्यसका लागि त्रिवि क्रिकेट मैदानलाई झकिझकाउ बनाएको छ । एनपीएलकै लागि क्यानले यसपटक नयाँ पिच बनाएको छ भने मैदानको घाँसलाई काटेर निकै आकर्षक बनाएको छ ।
यस्तै भीआईपी दर्शकका लागि सिटसकितको अल्पकालीन प्याराफिट बनाएको छ । सामान्यतर्फ दर्शकका लागि बीचमा बार लगाएर जोन छुट्याइएको छ । यस्तै प्रत्येक जोनका लागि अलग्गै शौचालयको समेत व्यगवस्था गरिएको छ ।
पहिलो संस्करणको एनपीएलमा नेपालका विभिन्न प्रदेश/सहरको नामका ८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्चर, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् ।
एनपीएलको उद्घाटन खेल आशिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्स र सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सबीच हुँदैछ । भारतका चर्चित पूर्व क्रिकेटर शिखर धवन, निशिमले जनकपुरबाट, न्यूजिल्याण्डका मार्टिन गप्टिल, जेम्स निशम, अष्ट्रेलियाका बेन कटिङजस्ता चर्चित खेलाडी खेल्ने भएकाले एनपीएलल चर्चामा रहेका छन् ।
सबै तस्बिर : रासस