काठमाडौँ– रामेछाममा सवारी दुर्घटना भएको छ । शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि रहेको खुलेको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परेर मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने ५ जनामा २ जनाको सनाखत भएकोमा एक जना गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत र अर्को एक जना गाडी चालक हिराबहादुर कार्की रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार, गाडीमा ८ जना सवार रहेकोमा ३ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।