काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुलाई सपथ ग्रहण गराएका छन् ।
आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, संघीय गणतन्त्र जर्मनीका लागि डाक्टर शैल रुपाखेती, साउदी अरेबिया अधिराज्यका लागि डाक्टर नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादवलाई सपथ ग्रहण गराएका हुन् ।
सरकारले राजदूतमा नियुक्त गरेपछि संसदीय सुनुवाईबाट अनुमोदन भएका राजदूतहरुलाई राष्ट्रपति पौडेलले केहिदिन अघि नियुक्त गरेका थिए ।
शपथ समारोहमा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा उपस्थित थिइन् ।



























































