काठमाडौँ– भारतको मुम्बई शहरमा हुन लागेको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिदाई गरिएको छ ।
एक समारोहबीच पर्सा जिल्ला प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले भारतको मुम्बई शहरमा हुन लागेको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी २२ जनाको टोलीलाई बिदाई गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै टिम लिडर विशालमान श्रेष्ठले एसपी कुमोद ढुंगेलप्रती आभार व्यक्त गरे । यस्तै, टोलि प्रशिक्षक बुद्विबहादुर श्रेष्ठले खेलाडीहरुलाई बिदाई गरेर हौसला बधाई दिएकोमा सिंगो नेपाल कराते महासंघ तर्फबाट धन्यवाद व्यक्त गरे ।
हिजो बेलुकी वीरगञ्ज पुगेका खेलाडीहरुलाई खानपानका साथै बसोबासको व्यवस्थापन गरी राष्ट्र प्रतिष्ठा जोगाउने खेलाडीहरुलाई एसपी ढुंगेलले प्रहरीको टोली नै खटाई रक्सोलको ट्रेन स्टेशनसम्म पठाई खेलाडीहरुलाई सहयोग समेत गरे ।




























































