काठमाडौँ- रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ ।
रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा २० जना प्रहरी घाइते भएका छन् । चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो ।
प्रदर्शनकारीलाई रोक्न प्रहरीले लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन ।
चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसंगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरुले चितवनबाटै रविलाई रिहाईको माग गरेका छन् ।



























































