काठमाडौँ – नेपाल पत्रकार महासंघको महाधिवेशनका लागि शुक्रबार उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गरिएको छ ।


ADVERTISEMENT


मतदान मंसिर २८ गते हुने तय भएको महासंघको नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि शुक्रबार मनोनयन पत्र दर्ता गरिएको हो ।


ADVERTISEMENT

# # #


उम्मेदवारको अन्तिम नामावली शनिबार बिहान ११ बजे प्रकाशित हुने महासंघले जनाएको छ । मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने र सोही दिन मतगणना हुने समेत महासंघले जनाएको छ ।

सदस्यता विवादका कारण महासंघको महाधिवेशन पटक पटक स्थगित हुदै आएको थियो ।