काठमाडौँ– राम्रो रोजगारको प्रलोभन देखाई मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ हुनेमा उदयपुरका ५७ वर्षीय चन्द्र बहादुर आले मगर र मोरङका ५१ वर्षीय पष्प विक भनिने पुष्प सुनार रहेका छन् । उनीहरुमाथि फ्रि भिषा फ्रि टिकटमा राम्रो कमाई हुने कुवेत देशमा कम्पनीमा काममा लगाइदिने प्रलोभन देखाएर पिडितलाई युएई हुँदै कुवेत लगेर महिला एजेन्टको फ्ल्याटमा पुर्‍याई बेचबिखन गरेको आरोप छ ।


ADVERTISEMENT

# # #


ब्यूरोका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार, कुवेतमा रहेकी महिला एजेन्टले पिडितलाई ३ लाखमा किनेको दाबी गर्दै अस्वस्थ भएको अवस्थामा पनि चरम श्रम शोषणसंगै यौन शोषण समेत गर्न बाध्य गराएको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा नेपाल फर्कन सफल सो पीडितले आरोपीविरुद्व कार्तिक १३ गते मानव बेचबिखन अनुसन्धान ब्यूरो,बबरमहल, काठमाडौँमा जाहेरी दरखास्त दिएको उपरीक्षक रिमालले बताए ।

उनका अनुसार, पक्राउ उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्यादथप अनुमति लिईसकेको छ । यसैगरि पक्राउ आरोपीमध्ये सुनारको यसअघि नै २ मुद्दा दर्ता भइसकेकाले आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । ।