काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बुधवार विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुरस्थित घरबाटै पक्राउ परेका उनलाई सीआईबीले अनुसन्धानका लागि प्रसाईंलाई साइबर ब्यूरोको जिम्मा लगाएको थियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि पक्राउ परेका प्रसाईविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ अनुसार उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायसम्म माग गरी मुद्दा दर्ता भएको छ ।

यसका साथै प्रसाईंविरुद्ध यसअघि पनि साइबरको मुद्दा चलेका पटके कसुरदार भन्दै थप सजाय समेत माग गरिएको छ । पटेक कसुरदारको हकमा डेढी सजाय हुने व्यवस्था भएकाले प्रसाईंविरुद्ध साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

यही बीचमा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरुलाई धम्क्याएको आरोपमा आपराधिक लाभ र संगठित अपराधको कसुरमा पनि सीआईबीले प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइरहेको छ ।

यता साइबरको कसुरमा भने प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीबारे आफूले फेक कागजात तयार नपारेको भन्दै प्रसाईंले बयान दिएका छन् । उनले कम्बोडियामै बस्ने नेपालीले पठाएको विवरणहरु आफूले सार्वजनिक गरेको भन्दै बयान दिएका छन् ।

बयानमा प्रसाईँले विगत ३ वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रुपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको जनाउदैँ सो कार्यमा अवरोध पुर्‍याउने नेपालको वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको स्वीकारेका छन् ।

‘यसैक्रममा प्रधानमन्त्री ओलीको ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री २१ करोड युएस डलर लगानी गरेको’ खबर प्राप्त भई सो बारे बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरी खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेडमा कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए’, बयानमा उनले भनेका छन् ।

यसको प्रमाणबारे सोध्दा सो व्यक्तिले हाल ‘झुठा’ भनिएका कागजहरू ह्वाट्स एपमा पठाई दिएको उनको भनाई छ । ‘यो प्रमाणहरू मैले बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन’, उनले भनेका छन्, ‘गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो ब्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे ? भन्ने विषयमा जनता सामू प्रष्ट पारौं भन्ने उदेश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गरेको थिए ।’

सोही आधारमा आफूले सामाजिक सञ्जालमा ‘ल हेनुहोस केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र‘’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड र पोष्ट गरेको उनले स्वीकारेका छन् ।