काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धानमा प्रहरीले अझै म्याद थपको अनुमति माग्ने तयारी थालेको छ ।


ADVERTISEMENT


लामिाछाने विरुद्वको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा आज बुझाई सकेको छ । तर, प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय कास्की स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


सहकारीको रकम अपचलनको प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई सोही दिन पोखरा लगिएको थियो । प्रहरीले उनीविरुद्व सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा कारबाही गर्न सिफारिस गरेको छ ।