काठमाडौं – सर्वोच्च अदालतले नेकपा (एमाले)को केन्द्रीय कार्यालय बनाउनका लागि जग्गा दान दिने निर्णयविरुद्धको रिट निवेदन खारेज गरेको छ ।


ADVERTISEMENT


सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दानविरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो ।


ADVERTISEMENT

# # #


भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउका लागि कीर्तिपुरमा जग्गा दान दिने र पार्टी कार्यालय समेत बनाइदिने घोषणा गरेका थिए । त्यसका लागि शिलान्यास समेत गरिएको थियो ।

तर, अधिवक्ता ज्ञानबहादुर बस्नेतले गुरुङको निर्णयले स्वार्थ बाझिने भन्दै उक्त निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा यसअघि कार्त्तिक १२ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।