काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।


ADVERTISEMENT


बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायत आसपासका क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।


ADVERTISEMENT

# # #


बैंकका अनुसार ५१ लाख रुपैयाँको उक्त सहयोगमा बैंकको तर्फबाट गरिएको योगदानसँगै बैंकमा कार्यरत कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक समेत समावेश गरिएको छ।

महालक्ष्मी विकास बैंकले विपद्मा परी ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैंकले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय र सरोकारवालाबाट भइरहेका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।