काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताएका छन् ।
शुक्रबार अनाज सस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन संगै रैथानेबाली मानिसहरुको प्राथमिकतामा पर्दे गएको बताए ।
मन्त्री अधिकारीले रैथाने खना पछिल्लो पुस्ताले भुल्दै गएको भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरुको रुचि बढ्दै गएको उल्लेख गर्नुभयो ।मन्त्री अधिकारीले रैथानेबाली बढाउनका लागि मन्त्रालय सधै सचेत रहेको धारणा राखे ।
कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरुलाई कोदो समाचार लेखन तथा सर्वाेत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।





























































