काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो तहबाटै योजना छनोट गर्नुपर्नेमा जोड दिए । माथिल्लो तहबाट आयोजना छनोट गर्दा समस्या आउने गरेकोउनको भनाई छ ।
मन्त्री दाहालले सरकारले पूर्वाधार निर्माणका आयोजनालाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रका समस्यामा कमी आउने धारणा राखे । उनले निर्माण ब्यबसायीहरुले आयोजना ओगटेर लथालिङ पारेर छोडने परिपाटी रहेको जनाए ।
मन्त्री दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी समयमै नहुदा धरै ठाउमा प्रभाव परेको स्विकार गर्दै अब केहि दिनमा नै बक्यौता रकम भुक्तानी गरिदिने आश्वासन दिए ।





























































