मलङ्गवा(सर्लाही)– सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ ।

उनीनेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ ।