काठमाडौँ– संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा शनिवार हजारौ जनसहभागिताबीच पार्टी घोषणा कार्यक्रम गरिएको हो ।
अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको अवसरमा पालिका–२ को भलोहियास्थित श्रीराम जानकी मठ परिसरबाट व्यापक उपस्थिति सहितको उल्लासमय वातावरणमा निकालिएको बृहत शोभा यात्रापश्चात् पार्टी घोषणा कार्यक्रम गरिएको थियो ।



























































