काठमाडौँ – अब स्थानीय तहको प्रमुख–उपप्रमुख वा अध्यक्ष तथा उपाध्यक्ष दुवैको पद कुनै कारणवश् रिक्त भए कार्यपालिकाले छानेको व्यक्ति कार्यवाहक हुने भएको छ ।


ADVERTISEMENT


सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत स्थानीय शासन सञ्चालन ऐन संशोधन गरी यस्तो व्यवस्था प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


त्यस्तै स्थानीय तहको वडाध्यक्ष रिक्त भएको अवस्थामा पनि वडा सदस्यमध्येबाट उनीहरूले नै छानेको व्यक्तिले कार्यवाहक वडाध्यक्ष भई काम गर्ने व्यवस्था गरिएको छ भने स्थानीय शासन सञ्चालन ऐन संशोधन गर्दै एम्बुलेन्स तथा बारुणयन्त्र ९दमकल० सञ्चालन र व्यवस्थापनको जिम्मा पनि स्थानीय तहलाई दिइएको छ।

अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने बताइएको छ ।