काठमाडौँ– पूर्व गृहमन्त्री एवम् रास्वपा सभापतिलाई आज पुनः अदालत उपस्थित गराइदैँछ । उनलाई सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति बबरमहलस्थित जिल्ला अदालत लगिँदै छ ।


ADVERTISEMENT


कास्की जिल्ला अदालतको आदेशपछि बिहिवार मात्रै ६५ लाख बराबरको धरौटीमा रिहा भएका लामिछाने आइतबार आफैँ अदालत उपस्थित भएका थिए । हिजो उनको बयान नसकिएकाले उनलाई पुनः प्रहरीको जिम्मा लगाइएको थियो ।


ADVERTISEMENT

# # #


प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका थिए ।