काठमाडौं – जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुधबार थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रविमाथि थुनछेक बहस भइरहेको थियो ।
बहस सकिएसँगै अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


























































