काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी १५ दिनपछि हुने संसद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने समेत बताए ।


ADVERTISEMENT

# # #


उनले मुलुकलाई समृद्धितर्फ अघि बढाउनका लागि आवश्यक कानूनी लगायतका अन्य पूर्वाधारका कामलाई प्राथमिकतामा राखेको धारणा राखे । उनले बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भए रहेको जानकारी दिए ।

स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेकाले उत्पादित ऊर्जाको खपदको चिन्ता लिइरहनु नपर्ने उनले जनाए । ग्रिन हाइड्रोजन इनर्जी उत्पादन गर्न पनि अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा नयाँ नयाँ सम्भावनाको खोजी गर्नुपर्ने जिकिर गरे । देशलाई आधुनिकीकरण र विकास गर्दै अध्याँरोबाट उज्यालोमा लाने प्रयासमा लागेका ऊर्जा उत्पादकहरुको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको स्पष्ट पारे । उनले अदालतबाट हुने कुनै फैसलाले चिन्तित हुनु नपर्ने भन्दै त्रुटिपूर्ण देखि कानूनी उपचार खोजिने जिकिर गरे ।