काठमाडौँ–


ADVERTISEMENT


इजराय सरकार र प्यालेस्टानी लडकु समूह हमासबीच बन्धक छोड्ने सम्झौता भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार युद्वविरामको सम्झौता अन्तर्गत हमाससँग बन्धक छुटाउनेबारेमा सहमति भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


यसबारे बेलायती विश्व च्यानल बीबीसीले पनि शुक्रवार मन्त्रिपरिषद्को बैठक बसेर युद्वविराम सम्झौतालाई औपचारिक दिइने निर्णय भएको जनाएको छ ।  सहमति सम्झौता पुष्टि गर्नका लागि शुक्रवारपछि इजरायलमा सुरक्षा क्याबिनेट बैठक बस्नेछन् ।

यस अगाडि अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सबैभन्दा सुरुमा बन्धक छुटाउने गरी इजरायल र हमासको युद्ध बिराम भएको  सार्वजनिक गरेका थिए ।

त्यस्तै कतारी विश्व च्यानल अलजजिराले पनि हमासका अधिकारीसँग कुरा गरेर युद्ध बिराम सम्झौता भएको उल्लेख गरिसकेको छ । सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर २५१ बन्धक बनाएको थियो । विभिन्न बन्धकहरू छुटाइएका छन् ।

बीबीसीका अनुसार हमासको नियन्त्रण्मा अझै ९४ जना बन्धकहरु रहेका छन् । त्यसमध्ये को–को रहेका छन् अझैसम्म यकिन हुन सकेको छैन । यद्यपि परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवाले बताए अनुसार बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशी जीवित छन् ।

यससंगै हमासले छोड्ने भनिएको बन्धकहरुमा विपिन जोशी समेत रहेको अनुमान गर्न सकिन्छ भने उनी फिर्ती हुने आशा समेत बलियो बनेको छ ।

सन् २०२३ को अक्टोबरमा इसरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। यस्तै सयौँ व्यक्ति हमासद्वारा बन्धक बनाइएका थिए । त्यसमध्ये नेपालका जोशी पनि छन् । उनको सकुशल फिर्ती प्रयासका लागि सरकारले इजरायल तथा कतारसंग पटक–पटक आग्रह गर्दे आएको छ ।