काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवले ‘ड्रामा’ गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्बाट स्विकृत भएको खानेपानी तथा सरसफाई नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क सम्पाङले खानेपानीका बिषयमा ड्रामा गरेको भन्दै ड्रामा गर्नुभन्दा काम गर्न समेत सुझाव दिए ।


ADVERTISEMENT

# # #


धरानका जनतालाई आफै पानी खुवाउछु भन्दै मेयर सम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गरेको उनको भनाई छ । मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएकाले सहज रुपमा पानी उपलब्ध गराउन संघ सरकारले काम अघि बढाउने उल्लेख गरे ।

त्यस्तै मन्त्री यादवले खानेपानीसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भइसकेको भन्दै अव खानेपानी तथा सरसफाई आयोजना कार्यान्वयनमा सहज हुने जनाए । उनले साना घरेलु उपयोगका आयोजनाहरु बाहेकका आयोजनाको सर्वेक्षण, निर्माण तथा सञ्चालनका लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए ।

खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग गठन गर्ने व्यवस्था गरेकोमा यस नियमावलीले आयोगको काम तथा जिम्मेवारीलाई थप प्रष्ट पारेको मन्त्री यादवले बताए । त्यस्तै दुई हजार भन्दा बढी धारा भएका खानेपानी सेवा प्रदायकले कूल महशुलको १ प्रतिशत रकम नेपाल सरकारको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

त्यस्तै नियमावलीमा औधोगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोरहपानी सरकारले तोकेको मापदण्ड पालना हुने गरि प्रशोधन गरेर मात्रै ढल निकास प्रणालीमा जोड्नसपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।