काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको गणतन्त्रलाई जनताको गणतन्त्रमा रुपान्तरण गर्ने बाटो तर्फ अघि बढेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुबिच ध्रुवीकरण कार्यक्रममा विप्लवले मुलुकमा गणतन्त्र आए पनि जनताले त्यसको महसुस गर्न नसकेको भन्दै जनताको गणतन्त्रमा रुपान्तरण गर्ने बाटोतर्फ अघि बढेको बताएका हुन् ।
नयाँ पुस्तालाई साथमा लिएर नेपालमा नै बसेर आफ्नै ताकतमा राष्ट्र निर्माण गर्ने योजना रहेको उनले बताए । विप्लवले पार्टीले कृषिमा क्रान्ति गर्दै अहिले नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या नहुने अवस्था बनाएको उल्लेख गरे ।
तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु पर्ने ठाउँबाट मुक्त गर्ने अठोटका साथ अघि बढेको उनले बताए ।
बिप्लवले सोमबार बुढानीलकण्ठमा सी व्यापार केन्द्र खोल्न लागिएको जानकारी दिए । नेपालसंग भएका स्रोत साधनको प्रचुरमात्रामा सदूपयोग गर्न सके कुनै देशसंग सहयोग माग्न नपर्ने उनले बताए ।