काठमाडौँ – आगामी बिहीबारदेखि काठमाडौँमा सुरु हुने महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।


ADVERTISEMENT


नेपाली टोलीमा पूर्ककप्तान रुबिना क्षेत्रीदेखि यू–१९ महिला टोलीकी कप्तान पूजा महतो र सदस्य अलिसा कुमारी यादवसम्म परेका छन् । नेपाली महिला टोलीले घरेलू मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।


ADVERTISEMENT

# # #


सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्नेछन् भने प्रत्येक टोलीले एक अर्कासँग ३–३ खेल खेल्नेछन् । अन्तिम खेल ७ फेब्रुअरीमा नेपाल र थाइल्याण्डबीच हुनेछ । सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

नेपाली टोली : 
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट ।