काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारबाट जनताले कुनै आशा गर्न नसकेको बताएका छन् ।
समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले काम भन्दा कुरा धेरै गर्ने गरेको भन्दै सरकारबाट जनता निराश भएको बताएका हुन् । उनले अब जनताले खोजेको बिकल्प दिन सक्नुपर्नेमा जोड दिए ।
समाजवादको लक्ष्य हासिल गर्दै समाजलाई रुपान्तरण गर्न समाजवादी मोर्चा एक भएर अघि बढ्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले देशमा बसेर निराश हुनुपर्ने अवस्थालाई परिवर्तन गर्न जनताको साथ चाहिने धारणा राखे ।
उनले नेपालमा समाजवादको जित सम्भव रहेको बताए ।