काठमाडौं – भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले सोमबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

राजघाट पुगेका प्रधानमन्त्री शाहले गान्धीको समाधिमा पुष्पहार अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् । भारत भ्रमणको औपचारिक कार्यक्रमअन्तर्गत उनले यो कार्यक्रम पूरा गरेका हुन् ।


ADVERTISEMENT

# #


यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी भएका थिए ।

राजघाटमा श्रद्धाञ्जली अर्पणपछि प्रधानमन्त्री शाहको भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता तथा दुई देशका प्रतिनिधिमण्डलबीच छलफल गर्ने कार्यतालिका रहेको छ ।


ADVERTISEMENT

#
#