काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः वृद्धि देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्दा चाँदी पनि ४५ रुपैयाँले महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
एकैदिन सुनको मूल्यमा भएको उल्लेख्य वृद्धिले बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्ताको लागत थप बढाएको छ ।


























