काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने सभापति देवराज घिमिरेलाई भेटेर निवेदन बुझाएका छन् ।
संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।
उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।
अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।
रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ ।
केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए ।