काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले सभापति देवराज घिमिरेलाई भेटेर निलम्बन फुकुवा गरिदिन माग गरेका छन् ।
आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका लामिाछनेले सभामुख घिमिरेलाई आफ्नो सांसद पद निलम्बन प्रक्रियासंगत नरहेको भन्दै आफ्नो सांसद पद तत्काल फुकुवा गर्न मागसहित निवेदन पेश गरेका छन् ।
लामिछानेले भने,‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुस् ।’
जवाफमा सभामुख घिमिरेले भने आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको भन्दै छलफल गर्ने बताएका छन् । ‘छलफल गर्दै गर्ने’ भन्दै सभामुखले अघि भने, ‘‘मैले पूर्वाग्रहमा तपाईंको सांसद पद निलम्बन गरेको होइन ।’
सभामुख घिमिरेले कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रका आधारमा गत पुस ८ गते लामिछानेलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेका थिए । सभामुखको निर्णय अनुसार संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना टाँस गरेको थियो ।































































