काठमाडौँ– जिल्ला अदालत चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन अघि बढेको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै न्यायाधिवक्ता महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो ।
नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । मंगलबार मात्रै रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाएको भन्दै लुईटेललाई महान्यायाधिवक्ताको कार्यालयमा सुरु गरिएको थियो ।
लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए ।
अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ ।
यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ ।