काठमाडौं-  नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किएका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठ बुधबार अपराह्न स्वदेश फर्किएका हुन्।


ADVERTISEMENT


उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गरेका थिए।


ADVERTISEMENT

# # #


भ्रमणका क्रममा सेनाध्यक्ष सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए। त्यसैगरी मंगलबार प्रधानमन्त्री बालेंद्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा उनले नेपाली सेनाद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागिता जनाएका थिए। दुईदिने भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सैनिक सम्बन्धलाई थप सुदृढ, सुमधुर र प्रगाढ बनाउन सहयोग पुगेको नेपाली सेनाले जनाएको छ।