काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ स्थित लुभु खोलाको धार नै परिवर्तन गर्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा सदस्य विनोद केसीको सक्रियतामा खोलाको धार परिवर्तन गर्न खोज्दा पुल जोखिममा पर्ने खतरा भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।


ADVERTISEMENT


बगिरहेको खोलाको दिशा परिवर्तन गर्दा त्यसले पुलमा जोखिम पुर्याउने र किनारमा समेत असर पर्याउने भएकाले काम रोकिनुपर्ने उनीहरुको भनाई छ । वडा सदस्य केसी स्वार्थ समूहको निर्देशनमा खोलाको धार फेर्ने काममा लागेको बताएका छन् । साबिक लुबु गाबिस वडा ८ मा पर्ने पुल नजिकै ग कित्ता नम्बर ३३३ यति एयरलाइन्सको जग्गा रहेको र यति एयरलाईन्सको निर्देशन नै वडा सदस्य केसीले खोलाको धार परिवर्तन गर्न तम्सिएको स्थानीयको आरोप छ ।


ADVERTISEMENT

# # #


तर, यसबारे बुझ्न खोज्दा वडाध्यक्ष केसीले भने गत असोजमा आएको बाढीले खोलाको धार परिवर्तन गरेकाले त्यसलाई पुरानै अवस्थामा फर्काउन लागिएको जिकिर गरे । उनले स्थानीयको निवेदनका आधारमा नै काम अघि बढाएको बताए ।

‘गत असोजमा गएको बाढीले कटान गरेको भागलाई मात्रै बनाउन खोजेको हो । धार परिवर्तन गर्न लागिएको होइन ।’ उनले भने, ‘धार परिवर्तन गर्ने हो भने त २०२१ सालको नक्सा अनुसार जानुपर्छ । अहिलेको भन्दा धेरै पर पुग्छ ।’

स्थानीय जग्गा धनीहरुसँगको सहमति अनुसार नै काम थालिएको भनाई भनाई छ ।