काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा फर्किनु नैतिक प्रश्न भएकाले सम्बन्धित व्यक्तिले नै यसबारे सोच्नुपर्ने धारणा व्यक्त गरेका छन् ।


ADVERTISEMENT


सोमबार विराटनगरमा समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता झलनाथ खनालले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्काउनु राजनैतिक मुल्य मान्यतामा देखिएको विग्रह भएको बताए । एक प्रश्नको जवाफमा सम्मानित नेता झलनाथ खनालले संविधान संसोधन भन्दा पनि संविधान पूनरावलोकन गर्न सुझाव दिए ।


ADVERTISEMENT

# # #


उनले विगत १० वर्षमा संविधान कार्यान्वयन नै नभएको अवस्थामा संविधानले काम गर्न नसकेको भन्नु गलत टिप्पणी भएको बताए । उनले शासकिय स्वरुप परिवर्तनले मात्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन सम्भव नरहेको बताए ।

खनालले सामाजिक संजाललाई नियमन गर्नैपर्ने अवस्था रहेको भए पनि वाक तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी विधेयक ल्याउन आग्रह गरे । उनले सामाजिक संजाललाई मर्यादित बनाउन पनि नियमन गर्नुपर्ने धारणा व्यक्त गरे ।