काठमाडौँ – स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन चुनौती दिएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको सामेबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले गरिबहरुलाई दमन गर्नुको साटो सिंहदरबार र संसद् भवन भत्काएर देखाउन बालेन्द्र शाहलाई चुनौती दिएका हुन् ।


ADVERTISEMENT

# # #


कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेकोप्रति आक्रोश पोख्दै सांसद सिंहले बालेन्द्रले नाजीवादको शैली अपनाएको उल्लेख गरे ।

‘जसरी जर्मनीमा नाजीवादको उदय भएको थियो निर्वाचित शासक हिटलरबाट, ठ्याक्कै त्यही शैलीमा काठमाडौँका मेयर बालेन्द्र शाहले हिजो कवाडी व्यवसायमाथि डोजर चलाए ।’ उनले भने, ‘गरिब बजदरलाई घाइते बनाइयो । म बालेनलाई चुनौती दिन्छु, हिम्मत छ भने सिंहदरबार र संसद भवन भत्काएर देखाऊ । हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र राष्ट्रपति निवास भत्काएर देखाऊ ।’

हरेक नेपालीको सुरक्षा गर्न सरकारलाई आग्रह गर्दै उनले हिटलर शैली रोक्न ध्यानाकर्षण गराए ।