काठमाडौँ – रास्वपा सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको सोमबारको बैठकको आकष्मिक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाइन् ।


ADVERTISEMENT

# # #


एआईजी रवीन्द्र केसीले आइतबार राजीनामा दिएका थिए । आगामी ५ चैतसम्म सेवा अवधि रहेका उनले गृह मन्त्रालयको दबाबका कारण राजीनामा दिएको बताइएको छ।

प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।

त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गरे ।

त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरे ।