काठमाडौँ– प्राइम कमर्सियल बैंकले विद्यालयलाई वितरण तथा आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत बुढी गङ्गा गाउँ पालिका–३ मा रहेको लोटस सार्वजनिक बिधालयमा रहेका बाल बालिकाका लागि जाडोको न्यानो कपडा वितरण तथा आर्थिक सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकको कंचनवारि शाखाको अगुवाइमा भएको कार्यक्रम प्राइम कमर्सियल बैक कोशी प्रदेश क्लस्टर १ का प्रमुख ऋषिराम भट्टराईको प्रमुख आतिथ्यता तथा क्लस्टर १ का रिलेशनसिप म्यानेजर रुपकराज सुवेदीको आतिथ्य तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अनुप देवको सभापतित्वमा सम्पन्न भएको बैकको कंचनवारी शाखाका प्रबन्धक धर्मराज भट्टराईले जानकारी दिए ।

 

कोशी प्रदेश क्लस्टर १ का प्रमुख ऋषिराम भट्टराईका अनुसार बैंकले बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने गरेको र सो बिधालयका बिद्यार्थीको आवश्यकतालाई महसुस गरि न्यानो कपडा बितरणको कार्य गरिएको बताए ।