काठमाडौँ– काठमाडौँ कमलपोखरी शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए भने दुईको अवस्था अत्यन्त नाजुक थियो । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।