काठमाडौँ– विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।


ADVERTISEMENT


कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।


ADVERTISEMENT

# # #


तर, विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो।

आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताए ।

उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् । यद्यपि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे ।

उनीहरूले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।