काठमाडौँ–काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधवार साँझ स्कुल बस दुर्घटनामा परेको २७ जना बिरामी डिस्चार्ज भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको हो । घाइतेमध्ये एकको अवस्था गम्भीर भएको र उनलाई मेडिसिटी अस्पताल लगिएको बोहराले जनाए ।
चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
वनभोज खाएर नगरकोटबाट साँखुतर्फ आउँदै गरेको उक्त रिजर्भ बस साँझ ५ बजेतिर दुर्घटना भएको हो । घटनामा परी तीनजनाको बुधवार साँझ नै मृत्यु भएको थियो ।