काठमाडौं – प्रकृति संरक्षण अभियानकर्ताहरुले पृथक ढंगले प्रणय दिवस मनाएका छन् ।


ADVERTISEMENT


‘प्रकृति जोगऔं’ भन्दै काठमाडौं बसन्तपुरमा प्रकृति संरक्षण अभियानकर्ताहरुले पृथक ढंगले प्रणय दिवस मनाएका हुन् । सेभ द प्लानेट संस्थाको आयोजनामा भएको कार्यक्रममा प्रकृति संरक्षणका लागि जनचेतनामूलक सन्देश प्रदान गरिएको थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रकृतिलाई माया गरौ लेखिएको व्यानरमा हस्ताक्षर संकलन गरिएको थियो भने बसन्तपुर परिसरमा सरसफाइ समेत गरिएको छ । प्रणय दिवस दिवसलाई मानव र प्रकृतिबीच माया साटासाट गर्ने अवसरका रुपमा लिदै ‘प्रकृतिलाई माया गरौँ’ अभियान आयोजना गरिएको संस्थाका अध्यक्ष यादव भण्डारीले जानकारी दिए ।

मानवीय क्रियाकलापका कारण जीवनको अस्तित्व भएको पृथ्वीमा बढ्दो तापक्रम र जलवायु परिवर्तनले पशुपन्छी लगाएत संकटमा परिरहेकाले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको भण्डारीले बताए ।

कार्यक्रममा प्रकृतिलाई माया गर्रौ शीर्षकमा विभिन्न विद्यालयका विद्यार्थीहरुले कोरेका चित्रकला समेत प्रदर्शनी गरिएको थियो ।