काठमाडौँ– एमाले नेतृ अन्जना अधिकारीले नायिका निता ढुंगानालाई दस्तावेजहरु पढ्न सुझाएकी छन् ।
मंगलबार नायिका ढुंगानाले प्रधानमन्त्री केपी शर्मा वलीलाई खुलापत्र लेख्दै आफूलाई भेट गर्न मन भएको बताएकी थिइन् । जसमा उनले कुनै बेला आफूले गर्व गर्ने प्रधानमन्त्री ओलीको पछिल्लो समय फोटो खिचाउने बाहेक गर्व गर्न लायक कुनै कुरा नदेखेको भन्दै खिन्नता व्यक्त गरेकी थिइन् ।
साथै समकालीनचर्चाको विषय बनेको भारतको केआईआईटी विश्वविद्यालयको सन्दर्भमा पनि उनले नेपालको अन्तरराष्ट्रियस्तरको बेइज्जत हुनुको जिम्मेवारी लिनुपर्ने की नपर्ने ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेकी थिइन् ।
नायिका ढुंगानाले प्रधानमन्त्रीलाई लेखेको खुलापत्र
नायिकाको सोही स्टाटसको जवाफ दिदैँ नेतृ अधिकारीले सतही ज्ञान हानिकारक हुने बताउदैँ ढुंगानालाई समाजिक सञ्जालमार्फत नै दस्तावेजहरु पढ्न सुझाएकी हुन् ।
अधिकारीले नेपालको इतिहासको बारेमा अझै जान्न्े इच्छा भए आफूकहाँ आउन आह्वान गर्दै भनेकी छन्, ‘अभिनेत्री निता ढुङ्गाना ज्यू, हार्दिककता पुर्वक है। पहिलो कुरा त,नेपाल राष्ट्र र राष्ट्रियताप्रती एउटा सच्चा नेपाली जस्ले नेपालको ईतिहास राम्रो सग बुझेको छ, उस्ले मन खिन्न गर्नुपर्ने कुनै कारण नत हिजो थियो र न आज छ ।अब यो बिषयमा यदि तपाई लाई यो भन्दा बढि जान्ने ,बुझ्ने ईच्छा छ भने आउनुस तपाई र म भेट गरौ म तपाई लाई सबिस्तार ब्याख्या गर्नेछु ,बुझाउने छु ।’
प्रधानमन्त्री ओलीले कलाकारिता क्षेत्रमा पनि धेरै योगदान गरेको बताउदैँ उनले अघि भनेकी छन्, ‘अब केके गर्नुभएको थियो,गर्दै हुनुहुन्छ, गर्न चाहिँ राख्नुभको छ, यो तपाई को पनि ड्युटी हो कि तपाई ले राम्रोसँग कुरा बुझ्नुहोस्,चासो राख्नुस् । त्यसको लागि फेरि भन्छु,सतही वा लहैलहैको कुरा हैन , विषय प्रवेश गर्नुस ,दस्ताबेजहरू खोजेर अध्ययन गर्नुस्, तपाई आफै यो देशको एक जिम्मेवार नागरिक पनि हो, ‘कन्फ्युजन नहुनुहोस है ।’
यस्तो छ अधिकारीले नायिका ढुंगानालाई फर्काएको जवाफ