ललितपुर– ललितपुरको सिभिल होम्समा आगलागी भएको छ । सुनाकोठीस्थित एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।
आगलागीबाट कति क्षति भयो भन्ने बारे यकिन भइनसकेको प्रहरीले जनाएको छ ।