विराटनगर – ताप्लेजुङमा नो केबलकार पक्षधरका १५ जना पक्राउ परेको छ ।
शनिवार साँझ भएको प्रहरी र नो केबलकार पक्षधरबीच भएको झडप पछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन ।
प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ गरिएको बताए ।
उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए । उनले भने पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको छ ।