काठमाडौँ–नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रसस्त गर्न माग गरेका हुन् ।
सरकारको अकर्मन्यता र बितिय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको उनले बताए । यस घटनाले सरकार सम्पूर्ण रुपमा असफल भएको संकेतका रुपमा लिनुपर्ने भन्दै उहाले सरकारले नैतिक रुपमा मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे ।
उनले सरकारप्रति विश्वास र भरोषा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक बिशेष महत्वका रुपमा दिन ध्यानाकर्षण गराए ।